चौधरी ग्रुपले पर्वतारोही पूर्णिमा श्रेष्ठलाई वाइवाइ चाउचाउ तथा स्पिड इनर्जी ड्रीन्कस्को ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ।
चौधरी ग्रुपले श्रेष्ठको साहसिक कार्यको कदर गर्दै सहकार्य गर्ने उद्देश्यका साथ श्रेष्ठलाई ब्रान्ड एम्बेस्डर नियुक्त गरेको बताएको छ।
आइतबार आयोजित एक समारोहबीच चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आरोही श्रेष्ठलाई ब्रान्ड एम्बेस्डर नियुक्त गरेका हुन्।
यसअघि सगरमाथासहित नेपालको आठ हजार मिटरभन्दा माथि उचाइका सात ओटा हिमालहरू चढिसकेकी श्रेष्ठ बिना अक्सिजन मनास्लु हिमालको आरोहणमा जाँदैछिन्।
सो कार्यका लागि श्रेष्ठ सोमबार नै गन्तब्य स्थलतिर लागिसकेकी बताइएको छ।
सो कार्यक्रममा प्रबन्ध निर्देशक चौधरीले श्रेष्ठलाई वाइवाइको झन्डा प्रदान गरे जुन झन्डा श्रेष्ठले मनास्लु हिमालको चुचुरोमा पनि फहराउने जानकारी दिइएको छ।
'चौधरी ग्रुपसँग सहकार्य गर्न पाउँदा निकै उत्साही भएको छु,' श्रेष्ठले भनिन्।
गोर्खाको आरुघाट–३ मा जन्मिएकी श्रेष्ठ नेपालको हिमाल पर्वतारोहणमा परिचित नाम हो। उनी पेशाले फोटो पत्रकार हुन्।