काठमाडौंको थापाथलीस्थित द ब्रिटिस कलेज (टीबिसी)ले आयोजना गरेको 'टीबिसी जब फेयर ३.०' सम्पन्न भएको छ।
कलेजले फ्रक्स जबको सहकार्यमा थापाथलीस्थित आफ्नै भवनमा सेप्टेम्बर २ मा उक्त जब फेयरको आयोजना गरेको हो।
जब फेयरमा उत्पादन, रिटेल, अकाउन्टिङ, सूचना प्रविधि तथा विभिन्न क्षेत्रमा काम गर्दै आएका २५ बहुर्राष्ट्रिय तथा नेपाली कम्पनीहरूको उपस्थिति रहेको थियो।
कम्पनीका प्रतिनिधिहरूले टीबिसीमा हाल अध्ययनरत विद्यार्थी तथा पूर्व विद्यार्थीहरूलाई क्षमताको आधारमा कामको अवसर दिएका थिए।
उक्त अवसर प्रदान गर्ने कम्पनीहरूमा लिपफ्रग, दराज, द चौधरी ग्रुप, आइएमएस, बियोण्ड आइडी, नेपाल पेमेन्ट सोलुसन (डिजीहब), सुबिसी केबलनेट, जिनिएस डिजाइन्स, एक्ट ३६०, यति एयरलाइन्स, ई–सेवा, गेन्स, रिगो टेक्नोलोजी, युनिलिभर, क्लासिक टेक, द आइडिया जार, युएन, लुप नेटवर्क, सुलभ पे, मजेस्टिक मार्केटिङ र द ब्रिटिस कलेज रहेका थिए।
कलेजका अनुसार उक्त फेयरमा कुल २३३ अन्तर्वार्ता भएको थियो।
कार्यक्रममा आउने दिनमा आयोजित हुने जब फेयरलाई थप सफल बनाउन प्रतिक्रिया र सुझाव समेत संकल गरिएको थियो।
कार्यक्रममा अन्तिम वर्षमा अध्ययनरत बिबिए, बिएस्सी (हन्स) कम्प्युटिङ तथा एसिसिएका विद्यार्थी साथै स्नातोकोत्तर तहको एमएस्सी आइटी, इएमबिए, एमबिए तथा एमआइबिएम तहका विद्यार्थीहरू पनि जब फेयरमा सहभागीता रहेको बताइएको छ।