काठमाडौंको सनवे कलेजले बुधबार सामाजिक सञ्जालमा प्रभाव राख्ने विभिन्न क्षेत्रका व्यक्तिहसँग अन्तर्क्रिया कार्यक्रम गरेको छ।
इन्फ्लुएन्स मिटअप बेटा नाम दिइएको कार्यक्रममाा विभिन्न क्षेत्र र एजेन्सीबाट करिब तीन दर्जन व्यक्तिहरू उपस्थित भएका थिए।
कलेजले ती व्यक्तिहरूसँग अन्तर्क्रिया गर्ने र एकअर्काबीच सम्बन्ध स्थापित गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको कलेजका निर्देशक अमृत थापाले जानकारी दिए।
कार्यक्रममा अपेक्षा गरिएभन्दा धेरै जना सहभागी भएको र सफलतापूर्वक सम्पन्न गरिएको कलेजले जानकारी दिएको छ।
कार्यक्रममा कलेजका विद्यार्थीहरूले विभिन्न प्रस्तुति पनि दिएका थिए।
प्रसंशकहरूले आफ्ना मन पर्ने इन्फ्लुएन्सहरूका लागि हातले लेखिएको सन्देश र नोट पनि बनाए र त्यसमा आफ्ना भावना, प्रभाव र उनीहरूको जीवनमा ती इन्फ्लुएन्सले दिएको प्रेरणा पनि उल्लेख गरे।
उपस्थित इन्फ्लुएन्सरको सुरक्षाका लागि नेपाली प्रहरीले सहयोग गरेको थियो।
कार्यक्रममा इभा गिरी, अश्विल न्यौपाने, ललाना चिमोरिया, बोनिता शर्मा, श्रेणी खतिवडालगायत विभिन्न इन्फ्लुएन्सर र शेरचन कन्सल्टिङ, इलान्स, आइडिए, आडियाजारलगायतका एजेन्सीहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको कलेजले जानकारी दिएको छ।