द ब्रिटिस कलेजले हालै 'टिबिसी विमेन इन बिजनेश २०२२' छलफल कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमको मुख्य उद्देश्य नयाँ ज्ञान आदान प्रदान, नेटवर्क विस्तार, रचनात्मक विकासका लागि सहकार्य तथा इकोसिस्टममा आर्थिक योगदान रहेको थियो।
यो वर्षको नारा 'महिला उद्यमशिलता' रहेको थियो।
द ब्रिटिस कलेजको परिसरमा आयोजित 'महिला उद्यम प्रवर्द्धनमा युवा र उदयीमान उद्यमी' विषयक गोष्ठीमा प्यानल छलफल, किनोट, नेटवर्क सेसनलाई कलेजले होस्ट गरेको थियो।
ब्रिटिस कलेजका सिइओ राजन कडेँलले रचनात्मक, आलोचनात्मक र निरन्तर सिकाइले संस्कृतिलाई प्रोत्साहनमार्फत नेपालको उद्यमशील इकोसिस्टमलाई सहयोग गर्ने बताए।
प्यानल छलफल सेसनमा पुर्व मिस नेपाल र माकुसी सुइट्सकी संस्थापक अनुष्का श्रेष्ठ, डा सुजना श्रेष्ठ (डर्माटोलोजिष्ट), डिजाइनर सिवाङ्गी प्रधान, द बिउटीबारकी संस्थापक इत्छ्या कार्की रहेका थिए।
प्यानल छलफललाई द ब्रिटिस कलेजकी प्रोगाम लिडर (पोस्टग्राजुयट बिजनेस र म्यानेजमेन्ट प्रोगाम) निष्ठा राजभण्डारीले मोडरेट गरेकी थिइन्।
ब्लिंकनाउ फाउण्डेशनकी संस्थापक तथा सन् २०१५ को सिएनएन हिरो म्यागी डोयनले सकारात्मक सामाजिक परिवर्तनका लागि क्षमता पहिचान गर्नुपर्नेमा जोड दिइन्।
त्यस्तै द ब्रिटिस कलेजकी इएमबिए स्टुडेन्ट सुनिता शेर्पाले इन्टरप्रेनर तथा राष्ट्रिय व्यवसायिक महत्वपूर्ण व्यक्ति अवार्ड प्राप्त गरिन्।