'स्टडी इन अब्रोड' मुल नाराका साथ आगामी सोमबार राजधानीमा प्रथम अब्रोड शैक्षिक मेला आयोजना हुने भएको छ।
'नोभा एजुकेशन एण्ड कन्सटिङ सर्भिसेज्' ले भदौ २७ गते (सोमबार) बिहान १० बजेदेखि ५ बजेसम्म काठमाडौंको पुतलीसडकमा रहेको आफ्नै कार्यालयमा उक्त मेला आयोजना गर्न लागेको हो।
उक्त शैक्षिक मेलामा अष्ट्रेलिया, संयुक्त राज्य अमेरिका, क्यानाडा, न्यूजील्याण्ड र युकेमा विभिन्न विषयमा पढ्न चाहने विद्यार्थीहरूको लागि कलेज र युनिभर्सिटीका साथ साथै शैक्षिक ऋण र बीमा सेवा गरी १० ओटा संस्थाहरूको सहभागिता रहने आयोजकले जानकारी गराएको छ।
उक्त मेलामा कक्षा ११, १२ अध्ययन गर्दै गरेका र कक्षा १२ को परीक्षा सकेर बसेका, ब्याचलर्स र मास्टर्सका हजारौं विद्यार्थीको सहभागिता रहने नोभा एजुकेशनका कार्यकारी निर्देशक रमण कोइरालाले बताए।
मेलामा अध्ययन पछिका र अष्ट्रेलिया साथै अरू विभिन्न देशका नयाँ नियमका बारेमा पनि जानकारी दिइने बताइएको छ।
सहभागीहरू मध्ये सय जना विद्यार्थीलाई निःशुल्क आइएलटिएस र पिटिइ कक्षाहरू उपलब्ध गराइने र एक जना भाग्यमानी विजेतालाई निःशुल्क हवाई भाडा दिइने बताइएको छ।
यो मेलामा विद्यार्थीले अष्ट्रेलिया, संयुक्त राज्यअमेरिका, क्यानाडा, न्यूजील्याण्ड र यूके जान आवश्यक शैक्षिक परामर्श निःशुल्क लिन पाउनुका साथै छत्रवृत्तिको पनि व्यावस्था रहेको आयोजकको भनाइ छ।