भारतका लागि गणतन्त्र अजरबैजानका राजदूत डा. अशरफ शिखालियभले नेपालले पनि अजरबैजानले जस्तै विकासमा फड्को मार्न सक्ने विचार व्यक्त गरेका छन्।
नेपाल उद्योग परिसंघले आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन २०२२ को पहिलो दिनको तेस्रो शत्र 'डिजिटल इन्फ्रास्ट्रक्चर एण्ड टेक्नोलोजी इन्टीग्रेशनः लिपप्रोफिजि अपरट्यूनिटिसङ' मा उनले यस्तो विचार व्यक्त गरेका हुन्।
डा.शिखालियभले आफ्नो देशको विकासमा डिजिटलाइजेशनले ल्याएको परिवर्तन र विकासको बारेमा आफ्नो अनुभव व्यक्त गर्ने क्रममा यस्तो बताए।
उनले अहिले डिजिटलाइजेशन र डिजिटल गभरनेन्सका कारण विश्वकै एक आकर्षक गन्तव्य बन्न सफल भएको विचार व्यक्त गरे।
उनले अजरबैजानमा हरेक काममा डिजिटलाइजेशनले जनजीवनदेखि व्यवसायिक कार्य समेत अत्यन्त सहज बनाएको र उक्त सबै प्रक्रियामा भ्रष्टाचार नहुने गरेको र अत्यन्त स्वच्छ र पारदर्शी हुने बताउँदै नेपालले पनि अबका दिनमा डिजिटलाइजेशन र डिजिटल गभरनेन्सको माध्यमबाट देशको विकासलाई द्रुत रूपमा अघि बढाउन सकिने विचार व्यक्त गरे।
सन् २०१२ मा अजरबैजानी राष्ट्रपतिको नेतृत्वमा 'स्टेट एजेन्सी फर पब्लिक सर्भिस एण्ड सोसियल इनोभेसन' जसलाई छोटकरीमा आसान सर्भिस भनेर पनि बुझिने त्यसको अर्थ सजिलो सेवा रहेको बताए।
अजरबैजानले आसान सर्भिस कार्यक्रममार्फत सार्वजनिक सेवामा डिजिटलाइजेशनको प्रक्रिया सुरू गरेकोमा सन् २०१५ मा युएन पब्लिक सर्भिस अवार्डबाट समेत सम्मानित भएको भन्दै उक्त डिजिटलाइजेशनबाट सेवामा प्रभावकारिता हुने बताउँदै नेपालले पनि आगामी दिनहरूमा अजरबैजानले जस्तै सार्वजनिक सेवामा सहजिकरण गरेर अघि बढ्न सकिने बताए।