बिहे नेपालले भिआइपी क्लब सञ्चालनमा ल्याएको छ।
बिहीबार एक कार्यक्रमकाबीच बिहे नेपालले उक्त क्लब सञ्चालनमा ल्याएको हो।
क्लबमा प्रयोगकर्ताहरूले तोकिएको सदस्यता शुल्क बुझाउनु पर्छ।
यसमा आवद्ध हुन अनिवार्य रूपमा आफ्नो पृष्ठभूमि प्रमाणीकरण (आइडी, शिक्षा र योग्यता कागजात) जाँच गर्नुपर्छ।
त्यसपछि मात्र अन्य भिआइपी क्लब सदस्यहरूसँग मिल्दो नेटवर्कमा रहेर आफ्नो जीवनसाथी भेटाउन सकिनेछ।
भिआइपी सदस्यहरूले भिआइपीलगायत स्टाण्डर्ड सदस्यहरूको पनि प्रोफाइल हेर्न, साथी बन्न, कुराकानी र अनलाइन भेटघाट समेत गर्न पाउने छन्।
उक्त अवसरमा बिहे नेपालको तर्फबाट निर्देशक श्रद्धा कटुवाल र वेलकम इभेन्टको तर्फबाट रिजा पौडेलले समझदारी पत्रमा हस्तक्षर गरेका हुन्। श्रद्धा र श्रीया कटुवाल (दुई इञ्जिनिएर दिदी बहिनी) मिलेर बिहे नेपाल एप तयार पारेका हुन्।
उनीहरूले रावा सफ्टवेरद्वारा २४ फेब्रुअरी, २०२२ मा बिहे नेपाल एप लन्च गरेका थिए।
प्रयोगकर्ताको उच्च साथ र सहयोगले बिहे नेपालको यात्रालाई निरन्तरता दिन प्रेरणा मिलेको संस्थाकी सञ्चालक श्रीया कटुवालले बताइन्।
'हामी नयाँ एपको लेआउट, भिआइपी क्लब, एवम् एपमार्फत इभेन्ट बुकिङ र बिहे नेपाल ब्ल्याक कार्ड जस्ता नयाँ सुविधाहरू सहित, घोषणा गर्न पाउँदा एकदम उत्साहित छौं' श्रीयाले भनिन्।
यो एपले बिहे गर्न र डेटिङ जान चाहनेहरूका लागि जोडी मिलाइदिने काम गर्छ। त्यति मात्र होइन, आफूलाई मनपर्ने मान्छे खोजेर र छानेर कुराकानी अगाडि बढाउन सकिने बताइएको छ।