द ब्रिटिस कलेजको 'दीक्षान्त सामारोह २०२२' सम्पन्न भएको छ । यसवर्ष ४१५ जना विद्यार्थी दीक्षित भएका बताइएको छ।
द हायत रिजेन्सी होटेलमा आयोजना गरिएको दीक्षान्त समारोहमा विशिष्ठ व्यक्तिहरूको उपस्थिति रहेको थियो।
यसवर्ष धेरैजना विद्यार्थीहरू भएका कारण दीक्षान्त समारोह दुई चरणमा आयोजना गरिएको बताइएको छ। पहिलो चरण बिहान विजनेशका विद्यार्थीहरू दीक्षित भए भने आइटीका विद्यार्थीहरू दिउँसो दीक्षित भएका थिए ।
कार्यक्रममा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
ब्रिटिस काउन्सिलकी बिजनेश म्यानेजर क्रिस्टिना कंसकार, इन्टरनेशनल पार्टनरसिप्सका प्रमुख प्याट्रिसिया भोयडोन, नेपालका लागि युडब्लुइ कन्ट्री म्यानेजर सुजन घिमिरे, एकेडेमिक्सका भाइस चान्सलर फिल कार्डियु, दक्षिण एशियाका लागि एलबियु रिजनल प्रमुख जयश्री रघुरामको उपस्थिति रहेको थियो।
त्यस्तै, अन्य अतिथिमा पउल क्लिभेस, डा अर्जुन कुमार कार्की, माइकल रुटल्याण्ड, डा एच सी, चिरन थापा, दुई आद्यौगिक सल्लाहकार बोर्ड सदस्यहरू टिम गोचर र सिद्धान्त राज पाण्डेको उपस्थिति रहेको थियो।
द ब्रिटिस कलेजका कार्यकारी निर्देशक महेन्द्रराज कडेँलले पानसमा दियो बालेर कार्यक्रमको उद्घाटन गरे।
कार्यक्रममा विशिष्ट अतिथिहरूले विद्यार्थीहरूलाई प्रेरणाको सन्देश दिदैँ सफलताको कामना गरेका थिए।
त्यस्तै बेलायती विश्वविद्यालयबाट आएका प्रतिनिधिहरूले दीक्षित विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए।