पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पवन प्रजापति निर्वाचित भएका छन्।
संघको नयाँ समितिका लागि शनिबार भएको निर्वाचनबाट प्रजापतिले १ हजार ६१३ मत पाएर निर्वाचित भएका हुन्।
सोमबार सार्वजनिक अन्तिम मत परिणाम अनुसार अध्यक्षमा प्रजापतिका प्रतिस्पर्धी अर्जुन पोखरेलले ८९७ मत पाए।
संघको ३४ औं अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा प्रजापति प्यानलकै गोकर्ण कार्की, उद्योग उपाध्यक्षमा पोखरेल प्यानलका देवेन्द्र केसी, वाणिज्यतर्फका उपाध्यक्षमा प्रजापति प्यानलका उत्तममान बुद्धाचार्य निर्वाचित भएका छन्।
संघको महासचिवमा पनि प्रजापति प्यानलका बलराम आचार्य, कोषाध्यक्षमा दिनेशचन्द्र बाँस्तोला, उपमहासचिवमा शोभा गौतम निर्वाचित भएका छन्।
संघको सदस्यहरूमा प्रभा सुवेदी, बालकृष्ण कोइराला, भरत केसी, सुदीप प्रधानाङ्ग, कृष्णप्रसाद कोइराला, दिलिपकुमार श्रेष्ठ, भीम गौतम, माधव बस्ताकोटी, मनोजकुमार श्रेष्ठ, र सुदीप ओझा निर्वाचित भएका छन्।