सेल्सबेरी डिपार्टमेन्ट स्टोरले दोस्रो हप्ताको विजेता हरि ढुंगानालाई एक तोलाको छड्के तिलहरी हस्तान्तरण गरेको छ।
सेल्सबेरीले 'चार हप्ता चार छड्के तिलहरी' योजना अन्तर्गत ढुंगानालाई उक्त तिलहरी प्रदान गरेको हो।
सेल्सबेरीले यो योजना पोखराका सेल्वेज र काठमाडौंका विभिन्न शाखाहरूमा सञ्चालन गरिरहेको बताएको छ।
उक्त योजनाको पहिलो विजेता रुवेश राणाले पनि एक तोलाको छड्के तिलहरी प्राप्त गरिसकेका छन्।
यो योजना भदौ १ गतेदेखि ३१ गते सम्मका लागि लागु गरिएको थियो।