कोका–कोलाले यो वर्षको दशैंको लागि 'सम्बन्ध उत्सव स्वादसँग' नामक क्याम्पेनको सुरूवात गरेको छ।
दशैंमा टाढा–टाढाका आफन्तजन भेटघाट गर्ने, मिठा–मिठा परिकारहरू बनाएर खाने परम्परा रहेको छ। यही परम्परालाई मध्यनजर गर्दै यो वर्षको दशैंको लागि ‘सम्बन्ध उत्सव स्वादसँग’ ल्याइएको कोका–कोलाले जनाएको छ।
कोका–कोलाले धेरै वर्षदेखि आफ्नो मार्केटिङ र कन्ज्युमर क्याम्पेनको मुख्य हिस्साको रूपमा दशैंलाई राखेको बताएको छ।
हरेक वर्षको दशैंमा उपभोक्ताहरूको लागि नयाँँ र रोमान्चक थिम सहित क्याम्पेन गर्दै आएको छ।
दशैंलाई अझै विशेष बनाउन कोका–कोलाले चङ्गा उडाएको, टिका लगाएको, परिवारसँग बसेर खाएको, पिङ खेलेको र देउसी–भैलो खेलेको जस्ता ५ वटा विभिन्न चित्र अंकित लेबलहरू भएको बोतल दशैंको समयमा बजारमा ल्याउने गर्छ।
कोका–कोला नेपालको कन्ट्री डिरेक्टर आदर्श अवस्थीले भने, 'यो वर्षको सम्बन्ध उत्सव स्वादसँग लाई लिएर म एकदमै उत्साहित छु। किनकी यसले ठ्याक्कै दशैंको मुख्य आकर्षणलाई प्रतिविम्बित गरेको छ।'
दशैं विशेष लेबलको साथै कोका–कोलाले आफ्नो ब्रान्ड एम्बासडर स्वस्तिमा खड्कालाई लिएर नयाँ टेलिभिजन विज्ञापन पनि बनाएको बतााएको छ।
विज्ञापनमा दशैंमा आफ्नो नातागोता र उनीहरूसँगको मेलमिलापलाई भावनात्मक तरिकाले प्रस्तुत गरिएको छ। यस विज्ञापनमा स्वप्न सुमनले सम्बन्ध उत्सव शीर्षकको गीत पनि गाएका छन्।
त्यस्तै, दशैंको अभिन्न हिस्साको रूपमा खानेकुरा रहेकोले कोका–कोलाले यो वर्ष बिबिसि मास्टर सेफ प्रोफेसनलका विजेता सन्तोष शाहसँग मिलेर दशैंमा खाइने मुख्य ५ वटा परिकारहरूको रेसिपी पनि सार्वजनिक गरेको छ ।
यो रेसिपी पाउनको लागि उपभोक्ताहरूले कोका–कोला बोतलको लेबलमा भएको क्युआर कोड स्क्यान गर्नुपर्ने हुन्छ। साथै यी रेसिपी भिडियोहरू कोका–कोला नेपालको फेसबुक र इन्स्टाग्राममा पनि उपलब्ध हुने बताइएको छ।