आन्तरिक हवाई उडान गर्दै आएका हवाई सेवा प्रदायक कम्पनीले दसैंका लागि मात्रै ८० प्रतिशत हराहारीमा अग्रिम टिकट बुकिङ भएको जनाएका छन्।
केही दिन पहिले आन्तरिक हवाई सेवा प्रदायक कम्पनीले दसैंका लागि हवाई टिकट बुकिङ खुला गरेसँगै अहिलेसम्म ८० देखि ८५ प्रतिशत टिकट बुकिङ भइसकेका छन्।
यति, बुद्ध, श्री, गुण लगायत सबै एयरलाइन्सले दसैंमा फुलपातीलदेखि अष्टमीसम्मका ८० प्रतिशतभन्दा बढी टिकट बुकिङ भइसकेका छन्।
बुद्ध एयरले हालसम्म ८० प्रतिशतभन्दा बढी बुकिङ भएको भन्दै केही क्षेमा १०० प्रतिशत बुकिङ सकिएको जनाएको छ।
‘हाम्रा अधिकांश उडान ८० प्रतिशत भन्दा बढी बुकिङ भएका छन्। पहाडी क्षेत्रमा त शतप्रतिशत बुकिङ भइसकेको बुद्ध एयरलाइन्सका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिए।
दसैं आउन एक साता बाँकी हुँदा अधिकांश हवाई टिकट बुकिङ भएसँगै यति एयरलाइन्सले उडानसमेत थपेको छ।
‘८० प्रतिशतभन्दा बढी टिकट बुकिङ भइसकेको छ। हामीले पहिलेको तुलनामा उडानसमेत थपेका छौ’, यति एयरलाइन्सका प्रवक्ता सुदर्शन वर्तौलाले भने,‘आवश्यकता अनुसार अझै उडान थप्नेछौ।’
पेट्रोलिय पदार्थको मूल्यवृद्धि सँगै हवाई सेवाको भाडादरसमेत यसअघिनै बढिसकेको छ।
कहाँ जान कति लाग्छ भाडा हेर्नुहोस् सूची