इस्लिङ्टन कलेजले 'अन्तर कलेज एस्पायर कार्यक्रम' सम्पन्न गरेको छ।
भविष्यमा नेतृत्वकर्ताले चुनौतीपूर्ण वातावरणमा कसरी काम गर्न सक्छन् भन्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको कलेजले जनाएको छ।
अन्तर कलेज व्यवसायिक कार्यक्रममा १२ वटा कलेजले सहभागिता जनाएका थिए। बिबिए र बिआइटीका विद्यार्थीहरूले संयुक्त रूपमा सञ्चालन गरेको कार्यक्रम तीन दिनसम्म सञ्चालन भएको थियो।
कार्यक्रममा एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट, काठमाडौं कलेज अफ म्यानेजमेन्ट, एपेक्स कलेज, विराटनगर इन्टरनेसनल कलेज, इटहरी इन्टरनेसनल कलेज, इनफर्ममेटिक्स कलेज पोखरा, हेरल्ड कलेज काठमाडौं, प्राइम कलेज, ब्रिटिस कलेज, नामी कलेज र स्याम कलेज लगायतको सहभागिता थियो।
सहभागीको सिप परीक्षण गर्न कार्यक्रमलाई स्टार्टअप आइकन, सिइओ अफ द इयर, द अल्फा एनालिस्ट, द ग्लोबल एड्भोकेट, मार्केटिङ मेस्ट्रोस र द एस्पायरिङ रेस गरेर ६ वटा विधामा डिजाइन गरिएको थियो।
कार्यक्रमको अन्तिम दिन ‘अ डे इन ब्रिटेन’ थिममा बेलायती तरिकाले सबै गतिविधिहरू देखाइएको कलेजले जानकारी दिएको छ।
कार्यक्रममा मनोरञ्जनात्मक गतिविधि, स्टलहरूका साथै विद्यार्थीहरूको प्रस्तुति राखिएको थियो।
इस्लिङ्टन कलेज एस्पायर २०२२ को उपाधि विराटनगर इन्टरनेसनल कलेजले जितेको छ।
कलेजले हरेक वर्ष यो कार्यक्रम गर्दै आएको छ।