सेल्सबेरी डिपार्टमेन्ट स्टोरको 'चार हप्ता चार छड्के तिलहरी' योजना अन्तर्गत (चौथो) अन्तिम विजेताको पनि घोषणा गरेको छ।
यस योजनाको चौथो हप्ताको विजेता निशान्त न्यौपाने भएका छन्। उनले एक तोलाको छड्के तिलहरी जित्न सफल भएको कम्पनीले बताएको छ।
कम्पनीका अनुसार न्यौपानेले सेल्सबेरी मुलपानी स्टोरबाट सपिङ गरेका थिए।
उक्त योजनाको पहिलो, दोस्रो र तेस्रो विजेताले पनि एक तोलाको छड्के तिलहरी प्राप्त गरिसकेका छन्।
यो योजना भदौ १ गतेदेखि ३१ गते सम्मका लागि लागु गरिएको थियो।