गोर्खाज् एण्ड गन्सले 'यती भोड्का' बजारमा सार्वजनिक गरेको छ।
नयाँ शैलीको बोतल र फंकी लेबलमा आएको यस भोड्काले उपभोक्ताको ध्यान खिच्नेमा कम्पनी विश्वस्त छ।
कम्पनीका प्रवक्ताले भने, 'बन्दीपुर र गोर्खाज् एण्ड गन्स्को सफलतापछि, हामी आधुनिक नेपाली उपभोक्तालाई उच्च गुणस्तरको स्पिरिटसहितको भोड्का उपलब्ध गराउन चाहन्थ्यौं। यती भोड्का कुनै पनि अन्तर्राष्ट्रिय भोड्का भन्दा कम छैन।'
स्विट्जरल्याण्डको प्रविधि प्रयोग गरिएको यो भोड्का चार गुणा डिस्टिल गरिएको छ र तीन गुणा फिल्टर गरिएको कम्पनीले बताएको छ।
यो भोड्का ७५० मिलि लिटर, ३७५ मिलि लिटर र १८० मिलि लिटर गरी ३ साइजमा क्रमश: दुई हजार दुई सय रुपैयाँ, एक हजार एक सय र पाँच सय ५० रुपैयाँमा उपलब्ध छ।