बियर ब्रान्ड टुबोर्गले 'टुबोर्ग ओपन २०२२' राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारहरुको सहकार्यमा सम्पन्न गरेको छ।
टुबोर्ग संगीत उद्योगमा योगदान पुर्याउँदै आएको पहलको निरन्तरता रहेको कम्पनीले बताएको छ।
यो वर्षको टुबोर्ग ओपेन थिम 'टेक द स्टेज' अन्तर्गत भेक् र विश्वभरका अन्य उदीयमान कलाकारहरूले जेसन डेरुलोलाई भेट्ने र लस् एन्जेलसमा उनीसँग व्यक्तिगत मेन्टरशिप सत्र प्राप्त गर्ने मौका पाएका थिए।
उक्त मेन्टरशिप सत्रमा जेसनले कलाकारहरूलाई एउटा सफल गीत सिर्जना गर्ने तरिकाहरू र संगीत उद्योगमा कसरी सफल हुने विषयको बारेमा मार्गदर्शन गराए।
लस् एन्जेलसमा जेसनको मेन्टरशिपबाट सबै सिकेका कुराहरू आत्मसात गर्दै भेकले टुबोर्ग ओपेन २०२२ को लागि आफ्नो नयाँ गीत प्रस्तुत गरेका छन्।
टुबोर्ग ओपेनले आफ्नो ५औं वर्षको सुरुवात जेसन डेरुलोको मेन्टरशिपमा भेक्को नयाँ गीत 'खोलौं रमेर' को साथमा गरेको छ।
उक्त गीतलाई दर्शकहरूले निकै रुचाएका छन् र युट्युबको टुबोर्ग नेपाल च्यानलमा रिलिज भएको केही घण्टामै सो गीतले श्रोता–दर्शकहरुबाट धेरै माया पाइरहेको बताइएको छ।
गोर्खा ब्रुअरीका मार्केटिङ डिरेक्टर आशिष विष्टले भने, 'निकै लामो समयदेखि टुबोर्ग संगीतसँग जोडिदै आएको छ। टुबोर्गले नेपाली सांगीतिक जगतको उत्थानका लागि सधैँ सम्भवत रुपमा काम गर्दै आएको छ।'
टुबोर्ग ओपन २०२२ अभियान सोही उद्देश्यको पहल रहेको र नेपालका उदीयमान कलाकारहरुलाई उनीहरूको प्रतिभा प्रदर्शन गर्न प्लेटफर्म प्रदान गरेको विष्टले बताए।
उनले भने 'हामी यस वर्षका लागि जेसन डेरुलो र भेकसँग सहकार्यको लागि निकै उत्साहित छौं र दर्शकहरूले दिनु भएको सकारात्मक प्रतिक्रियाहरुबाट निकै खुसी छौं।'