विजया दशमीलाई लक्षित गर्दै स्मार्ट क्युआरले भाटभटेनी र एनआइसी एशिया बैंकसँगको सहकार्यमा बडा छुट अफर सार्वजनिक गरेको छ।
यस अवसरअन्तर्गत ग्राहकहरूले जुत्ता तथा कपडा खरिदमा भाटभटेनीले उपलब्ध गराएको छुटमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा थप १० प्रतिशत वा ५०० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन्।
यो अफर भाटभटेनीका सबै शाखाहरूमा लागु हुने बताइएको छ।
स्मार्ट क्युआरमा आबद्ध सबै बैंक तथा वालेटका ग्राहकहरूले यो अफर अन्तर्गत छुट प्राप्त गर्न सक्नेछन्।
विजया दशमीमा हुने किनमेल कारोबारमा स्मार्ट क्युआर प्रयोगकर्तालाई सहुलियत दिने तथा विद्युतीय भुक्तानी प्रवर्द्घन गर्ने उद्देश्यका साथ यो अफर सार्वजनिक गरिएको बताइएको छ।
भाटभटेनीका कुनै पनि शाखामा आइएमई पे, ग्लोबल स्मार्ट प्लस, एनआइसी एशिया मो बैंक, खल्ती, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, क्यु पे तथा विभिन्न सहकारीका एपमार्फत पनि भुक्तानी गर्न सकिनेछ।