पर्पलल ब्राण्डका एसेसरिज बजारमा आएको छ।
सस्तो मूल्यमा उच्च गुणस्तरका उत्पादनहरू उपलब्ध गराउने उद्देश्यले पर्पलले आफ्ना उत्पादन बजारमा ल्याएको हो।
यी सामानमा एक वर्षको वारेन्टी दिइएको कम्पनीका प्रबन्धक निर्देशक नितेश कुमार मुन्द्राले जानकारी दिए।
नेपाली बजारमा एसेसरिजको ठूलो माग भएकाले पर्पल नेपालमा सबैभन्दा बढी बिक्री हुने एसेसरिज उत्पादनमा पर्ने उनको विश्वास छ।
यी उत्पादन अनलाइन बजार दराज र यस कार्टमा पाइन्छ। कम्पनीले काठमाडौं उपत्यकामा पिक एण्ड ड्रपको सुविधा दिएको छ।
नजिकिएको दसैं–तिहारको अवसरमा कम्पनीले पर्पल उपहार हरपल योजना पनि ल्याएको छ।
यस योजनाअनुसार पर्पलका उत्पादन खरिदमा ग्राहकले टिभी, एयरफ्रायर, स्मार्टफोन, घडी, इयरबड, चाँदीको सिक्का साथै बुलेट बाइक र स्कुटर पुरस्कार जित्न सक्नेछन्।
यो योजना आगामी नोभेम्बर १५ सम्म चल्ने कम्पनीले जानकारी दिएको छ।