भृकुटीमण्डपमा नेपालमा पाइने विभिन्न प्रकारका रोटीको प्रदर्शनी गरिएको छ।
यसअघि विभिन्न सहरमा आयोजित रोटी मेला यसपटक काठमाडौंमा गरिएको हो।
प्रदर्शनीमा नेपालका तराईदेखि हिमालसम्मका विभिन्न संस्कृतिका मानिसहरूले प्रयोगमा ल्याइने रोटी राखिएको छ।
व्यवसायी धनगढीका थर्कबहादुर शाहको अवधारणा र आयोजनामा रोटीको मेला आयोजना गरेको हो। सांस्कृतिक पर्यटन प्रवर्द्धनको लागि उनले यो मेला आयोजना गरेको बताए।
हेर्नुस् तस्बिर: