यसुदा ब्राण्ड १५औं वर्ष प्रवेश गरेको छ।
१५औं वर्ष प्रवेश गरेको अवसरमा कम्पनीले वन्दी सहायता नेपालका १५ जना विद्यार्थीलाई छात्रवृत्ति दिएर अध्ययनको अवसर प्रदान गरिरहेको जनाएको छ।
उच्चस्तरीय घरायसी सामान तथा उपकरणबाट हरेक घरको जीवन सहज बनाउने उद्देश्यका साथ १५ वर्ष पहिले यसुदा ब्राण्ड स्थापना भएको कम्पनीको भनाइ छ।
यस ब्रान्डले विगत १५ वर्षदेखि घरायसी जीवन सहज बनाउने ४० भन्दा बढी यसुदाका हजारौं उत्पादनहरू बिक्री–वितरण गर्दै आएको छ।
ब्रान्डले वासिङ मेशिन, क्यालकुलेटर ,इमरजेन्सी लाइट, राइसकुकर जस्ता उत्पादनहरू बजारमा ल्याएको छ।
आगामी दिनमा अझ बढी सुलभ, सरल र आधुनिक होम एप्लाइन्सेसका उत्पादनहरू लिएर आउने कम्पनीले प्रतिवद्धता व्यक्त गरेको छ।