सिटी एक्सप्रेस मनी ट्रान्सफरले 'विदेशबाट सिटी आयो, दसैं तिहारलाई गोल्डेन बनायो' योजना अन्तर्गत दोस्रो महिनाको १ तोला सुन विजेताको नाम घोषणा गरेको छ।
कम्पनीले विद्युतिय प्रणालीद्वारा विजेता छनौट गर्दा युकेबाट रेमिटान्स पठाउने नुना गुरुङले १ तोला सुन जित्न सफल भएकी छिन्।
सोही योजना अन्तर्गत असोज १२ गतेदेखि कात्तिक १५ गतेसम्म दोस्रो चरणको अन्य पाँच जनाले साप्ताहिक उपहार १०/१० तोला चाँदी जित्न सफल भएका छन्।
साउदी अरबबाट अजय तामाङ, कोरियाबाट रबिन्द्र मानन्धर, कुवेतबाट सुनिता दराई, इराकबाट सुशिला तामाङ साथै कुवेतबाट रेमिटान्स पठाउने हसन मोहम्मद गरी ५ जनाले १०/१० तोला चाँदी जित्न सफल भएका छन्।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत भदौ १५ गते नेपालीहरूको महान चाड दसैं, तिहार र छठलाई लक्षित गर्दै ग्राहकसँग पर्वको खुशी साट्न लगातार ६३ दिनसम्म चल्ने 'विदेशबाट सिटी आयो, दसैं तिहारलाई गोल्डेन बनायो' उपहार योजना घोषणा गरेको थियो।
सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरुलाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने छ।
कम्पनीले अब छिट्टै ५ तोला सुन जित्ने बम्पर विजेताको नाम पनि लक्की ड्र मार्फत घोषणा गर्ने जानकारी गराएको छ।