युनिभर्सल इलेक्ट्रोकमले नेपाली बजारमा हिताची माइक्रोवेभ ओभनका नयाँ उत्पादनहरू सार्वजनिक गरेको छ।
चार भेरियन्टका साथ उपलब्ध माइक्रोवेभ ओभनका नयाँ श्रृङ्खलाहरुमा– २३ लिटरको डिजिटल ग्रिल माइक्रोवेभ ओभन, २० लिटरको डिजिटल ग्रिल माइक्रोवेभ ओभन, २० लिटरको मेकानिकल माइक्रोवेभ ओभन र डिसेम्बर २०२२ सम्ममा चौथो भेरियन्ट ३२ लिटरको कन्भेक्सन माइक्रोवेभ ओभन नेपाली बजारमा उपलब्ध हुने बताइएको छ।
हिताचीको उच्च श्रेणीको माइक्रोवेभ ओभनहरूले उपभोक्ताहरूलाई स्वस्थ जीवनको फाइदाहरू र सहजै फ्याट, नुन र क्यालोरी घटाउने नयाँ उत्पादन सुविधा प्रदान गर्छ।
साथै, हिताचीले यी माइक्रोओभनमा १ वर्षको पूर्ण वारेन्टी र म्याग्नेट्रोनमा ५ वर्षको वारेन्टी प्राप्त हुने कम्पनीले बताएको छ।
डिजिटल ग्रिल माइक्रोवेभ ओभनका दुई मोडल एचएमआर–डिजी२३१२ र एचएमआर–डिजी२०१२ ओभन क्षमता २३ लिटर र २० लिटरमा उपलब्ध छन्।
एचएमआर–डिजी२३१२ (२३लिटर) मा पुल–ओपन मिरर ग्लास फ्रन्ट डोर र आइनोस फ्रेम ह्यान्डलको साथ आधुनिक डिजाइनमा उपलब्ध छन्।
यसको डिजिटल डिस्प्ले प्यानल प्रयोग गर्न सजिलो छ किनकि यसमा बारम्बार प्रयोग हुने कार्यहरूको सूची समावेश गरिएको छ।
यसमा ग्लास ट्रे र ग्रिल र् याक छ। ५ माइक्रोवेभ लेभल–८ प्रि–सेट कुकिंग मेनु, समय र तौल अनुसार डिफ्रोस्ट, मल्टी–स्टेज कुकिंग, माइक्रोवेभ कुकिंग, ग्रिल कुकिंग, अटो रिहिट आदिको साथमा मल्टिफङ्शनल छ।
यसको ८ प्रि–सेट अटो–कुक मेनुले समय बचत गर्न मद्दत गर्ने कम्पनीले बताएको छ।
एचएमआर–डिजी२०१२ (२० लिटर) मा कम्प्याक्ट डिजाइन र घडीको साथ ठूलो डिजिटल एलइडी डिस्प्ले जडान छ। यसको ग्लास फ्रन्ट डोर, ग्लास ट्रे प्रयोग गर्न र सफा गर्न सहज छ।
यसमा ६ माइक्रोवेभ लेभल, वन टच ९ अटो कुकिंग प्रि–सेट, माइक्रोवेभ कुकिंग, ग्रिल कुकिंग, वजनद्वारा डिफ्रोस्ट र समय, अटो रिहिट, चाइल्ड सेफ्टी लक, मल्टिस्टेज कुकिंग, क्विक स्टार्ट आदि जस्ता उत्कृष्ट सुविधाहरू छन्।
यी नवीन माइक्रोवेभ ओभनहरू क्रमशः कालो र सिल्भर कलरमा उपलब्ध रहेको कम्पनीले बताएको छ।
मेकानिकल माइक्रोवेभ ओभन एचएमआर–एम२००२ (२० लिटर) ओभन क्षमतामा उपलब्ध छ।
यो कम्प्याक्ट डिजाइनमा उपलब्ध भएकाले सानो, शक्तिशाली र कुशल हुनुका साथै भान्साको ठाउँ धेरै ओगट्दैन।
यो मेकानिकल माइक्रोवेभ ओभन सञ्चालन गर्न सजिलो छ त्यसैले यो प्रयोगकर्ता मैत्री छ।
यसले पुनः तताउने कार्य छिटो र सहज रूपमा खानालाई डिफ्रोस्ट गर्ने सुविधा दिन्छ। यसमा सजिलै सफा गर्नको लागि ग्लास ट्रेको साथ मेकानिकल कन्ट्रोल प्रणाली राखिएको छ। यो किफायती मूल्य र कालो रङमा उपलब्ध छ ।
कन्भेक्सन माइक्रोवेभ ओभन एचएमआर–डिसी३२१२३२एल (३२ लिटर) ओभन क्षमता डिसेम्बर २०२२ सम्ममा उपलब्ध हुने जनाइएको छ।
यो अगाडिको बाहिरी भागमा स्टेनलेस स्टीलका साथ आधुनिक टच र सजिलै सफा गर्न, मिरर ग्लास र स्टेनलेस स्टील क्याभिटीेका साथ डिजाइन गरिएकोे छ।
माइक्रोवेभ र कन्भेक्सन कार्यको संयोजनले खाना पकाउने प्रक्रियालाई गति दिन मद्दत गर्दछ। यसमा ग्लास ट्रे र बेक ट्रे समावेश छ।
यसले साधारण कन्ट्रोल प्यानलको साथ, क्विक स्टार्ट, प्रि–सेट कुकिङ, माइक्रोवेभ र ग्रिल कुकिङ, तौल र समय अनुसार डिफ्रोस्ट, स्वतः पुनः तताउने, अटो कुकिङ मेनु, चाइल्ड सेफ्टी लक, र मल्टि–स्टेज कुकिङ लगायत उत्कृष्ट कार्यक्षमता प्रदान गर्दछ।
स्वतः कुक मेनुले ९ प्रिसेटहरुको कार्यहरू प्रदान गर्दछ जसले खानाको लागि स्वचालित रूपमा पकाउने समय सेट गरेर समय बचत गर्न मद्दत गर्छ।
उच्च प्रविधि, परिष्कृत कार्यहरू र प्रिमियम डिजाइन सुविधाहरूसहित एचएमआर–डिजी२३१२ (२३ लिटर) को मूल्य २४ हजार ९९९, एचएमआर–डिजी२३१२ (२० लिटर) को मूल्य १९ हजार ९९९ रुपैयाँ र एचएमआर–एम२००२ (२० लिटर) को मूल्य १५ हजार ९९९ रुपैयाँमा उपलब्ध रहेका छन्।