आइएसएमटी कलेजले आयोजना गरेको ‘आइएसएमटी जब फेयर’ मा सहभागी विद्यार्थीहरूले कलेज पढ्दा पढ्दै जागिरको अवसर पाएका छन्।
कलेजमा आइतबार आयोजना गरेको जब फेयरमा सहभागी विद्यार्थीमध्ये २०० भन्दा धेरै विद्यार्थीहरू पहिलो चरणमा छनोट भएको कलेजले जनाएको छ।
जब फेयरमा सहभागी विद्यार्थीहरूसँग विभिन्न १४ वटा कम्पनीले अन्तरवार्ता लिएका थिए।
जब फेयरमार्फत स्नातक तह सकेका विद्यार्थीलाई विभिन्न कम्पनीले जागिरको लागि अवसर प्रदान गरेको कलेजका एकेडेमिक कोर्डिनेटर गिरिस दाहालले बताए।
'फेयरबाट केही कम्पनीले इन्टनसीपका लागि मागेका छन्, भने कुनै कम्पनीले सिधै जागिरका लागि अफर गरेका छन्,’ उनले भने, 'उक्त फेयरमा स्नातक तह सकेका र अन्तिम वर्षका विद्यार्थीहरूले सहभागिता जनाएका थिए।'
कलेजमै आएका कम्पनी प्रतिनिधिहरूले विद्यार्थीहरूसँग जागिरका लागि अन्तर्वार्ता दिएका थिए।
पहिलो पटक आयोजना गरेको जब फेयरबाट ग्रयाजुएट भएका विद्यार्थीले करिअर बनाउन सहयोग पुग्ने दाहालले बताए।
'विद्यार्थीहरूले तीन वर्ष यहाँ पढिसकेपछि जबका लागि जाँदा केही पनि गाह्रो हुँदैन। किनकी हामीले विद्यार्थीलाई त्यसका लागि तयार बनाइसकेका हुन्छौं,' उनले भने, 'विद्यार्थीहरूलाई उनीहरू ग्राजुएट भएपछि उनीहरूको करिअरमा सहयोग गर्न हाम्रो पनि कर्तव्य हुन्छ भनेर जब फेयरको आयोजना गरेका हौं।’
कलेजकी बिबीए प्रोग्राम हेड अनिश्मा आचार्यले विजसेन र आइटी पढेका विद्यार्थीले जब फेयरबाट सेवा पाएको बताइन्।
अहिले आइटी र विजनेशलाई मात्र टार्गेट गरेको र जब फेयरमा आइटी र विजनेशका १२ वटा कम्पनीको सहभागिता रहेको उनको भनाइ छ।
उक्त जब फेयरमार्फत लिफ्रग, सोर्सकोड, सेलकम, पाइथन कम्पनी, सिपद्री, फुडमाण्डु, सोेर्सकोड मिडिया, नारायणी अटो, मिडिया हब, पाई टिच, एफ वान सफ्ट, सेल्सबेरी, सजिलो सेवा लगायतका कम्पनीको सहभागिता रहेको बताइएको छ।
कम्पनीहरूले आफ्नो आवश्यकता र योग्यताका आधारमा विद्यार्थीहरूलाई छनोट गरेको पनि कलेजले जनाएको छ। छनोटमा परेका विद्यार्थीहरूले सो कम्पनीमा सिधै जागिर तथा इन्टर्नसीपको लागि मौका पाउनेछन्।
केही कम्पनीले पहिलो चरणको छनोट गरेर दोस्रो चरणका लागि कार्यालयमा बोलाएका कलेजले बताएको छ।