आउटरिच 'साउथ एशिया इन्डिपेन्डेन्ट एजेन्सी अफ द इयर–२०२२' को फाइनलिस्टमा प्रवेश गरेको छ।
आउटरिच नेपालबाट छानिएको एक मात्र एजेन्सी हो, जसले 'क्याम्पेन एशिया प्यासिफिक' को एजेन्सी अफ द इयर' अवार्ड २०२२ को अन्तिम चरणमा स्थान बनाउन सफल भएको छ ।
आउटरिच 'साउथ एसिया इन्डिपेन्डेन्ट एजेन्सी अफ द इयर'को समूहमा रहेको छ। आउटरिच बाहेक यस समूहको अन्तिम चरणमा भारतका ३ वटा एजेन्सीहरू र पाकिस्तानको १ एजेन्सी पनि रहेको छ।
अन्तिम चरणको विजेताको घोषणा यस क्षेत्रका मार्केटिङ र एडभर्टाइजिङ प्रोफेसनलहरुको उपस्थितिबीच ३० नोभेम्बर, २०२२ मा भारतको आइटिसि मराठा, मुम्बइमा गरिनेछ।
१९९० को शुरुवातदेखि नै एजेन्सी अफ द एयर अवार्ड प्रेरणादायी नेतृत्व, व्यवस्थापकीय उत्कृष्टता र विज्ञापन तथा ब्राण्ड सञ्चारका समग्र उपलब्धिहरूलाई स्थापित गर्न अग्रसर छन् ।
पिडब्लुसिद्वारा तालिकाबद्ध परिणामहरूका साथ समग्र स्तरमा यो एउटा एजेन्सीको उत्कृष्टतालाई सम्मान गर्ने कार्यक्रम हो।
आउटरिचले सोही समूहको लागि सन् २०१६ मा साउथ एशिया इन्डिपेन्डेन्ट एजेन्सी अफ द इयरको काँस्य पदक हात पार्न सफल भएको थियो भने २०१५, २०१६ र २०१७ मा अन्तिम चरणमा स्थान बनाएको थियो।