चालु आर्थिक वर्षको सुरूदेखि नै मूल्यवृद्धि आठ प्रतिशत माथि देखिएको छ।
साउनमा ८.२६ प्रतिशत, भदौमा ८.६४ प्रतिशत र असोजमा ८.५० प्रतिशत मूल्य वृद्धि भएको हो। तीन महिनाको औसत मूल्यवृद्धि ८.४७ प्रतिशत रहेको छ। गत वर्ष असोजमा मूल्यवृद्धि ४.२४ प्रतिशत थियो।
खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उपसमूहमा १५.९१ प्रतिशत, फलफूलमा १२.०६ प्रतिशत, मदिराजन्य पेय पदार्थमा १०.२४ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डामा ९.४५ प्रतिशत र सुर्तीजन्य पदार्थमा ८.४४ प्रतिशतले मूल्य वृद्धि भएको छ।
गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उपसमूहमा २१.१५ प्रतिशत, स्वास्थ्यमा १०.५४ प्रतिशत, फर्निसिङ्ग तथा घरायसी उपकरणहरूमा ९.४५ प्रतिशत र शिक्षामा ८.११ प्रतिशत र घरायसी उपयोगका वस्तुहरूमा ७.६८ प्रतिशतको मूल्यवृद्धि छ।
काठमाडौं उपत्यकामा ६.९३ प्रतिशत, तराईमा ९.४२ प्रतिशत, पहाडमा ८.८४ प्रतिशत र हिमालमा ७.०७ प्रतिशत मूल्यवृद्धि छ।
२०७८ असोज महिनामा यी क्षेत्रहरुमा क्रमशः ३.४८ प्रतिशत, ४.०१ प्रतिशत, ५.६८ प्रतिशत र ३.१२ प्रतिशत मूल्यवृद्धि थियो ।