सिभिल बैंक तुलसीपुर शाखाले आफ्नो १२ औं स्थापना दिवसका अवसरमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।
बैंकका शाखा प्रबन्धक मेघराज पौडेलको नेतृत्वको टोलीले तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ को अमर माध्यमिक विद्यालय उरहरीमा कक्षा ९ मा अध्यनरत दिक्षा खत्रीलाई छात्रवृत्ति प्रदान गरेको हो।
त्यसक्रममा उनलाई पाँच हजार धनराशिको चेक हस्तान्तरण गरिएको थियो।
सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयकी गरिब तथा जेहेन्दार छात्रा खत्रीको पढाइमा सहयोग पुगोस् भन्ने उद्धेश्यले छात्रवृत्ति प्रदान गरिएको बैंकका शाखा प्रबन्धक पौडेलले बताए।
हरेक वर्ष सिभिल बैंकको यो शाखाले गरिब तथा जेहेन्दर एक विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ।