हेराल्ड कलेज काठमाडौंको दीक्षान्त समारोह–२०२२ सम्पन्न भएको छ।
दीक्षान्त समारोहमा स्नातक तह पूरा गरेका तीन सय ९६ जनालाई दीक्षान्तको प्रमाणपत्र प्रदान गरीएको थियो।
त्यसमध्ये ३६१ जना विद्यार्थी बिएससी (अनर्स) कम्प्युटर साइन्स र ३५ जना विद्यार्थी बिएससी (अनर्स) इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट विषयका रहेका छन्।
ती विद्यार्थीलाई बेलायतस्थित उल्भरहेम्टन विश्वविद्यालयका सह उपकुलपति (प्रो भाइस चान्सलर) टिम स्टिलले दीक्षान्तको प्रमाणपत्र प्रदान गरे।
विद्यार्थीको उज्ज्वल भविष्यको लागि महत्वपूर्ण यस कार्यक्रममा विद्यार्थीका अभिभावक, शिक्षक लगायतको उपस्थिति रहेको थियो।
दीक्षान्त समारोह सबै विद्यार्थीका लागि माइलस्टोन साबित भएको कलेजले बताएको छ।
वार्षिक कार्यक्रम अनुसार दीक्षान्त समारोह आयोजना गरेको कलेजले जनाएको छ।
सो कलेजबाट दीक्षित उत्कृष्ट विद्यार्थीलाई इनोभेट नेपाल ग्रुपले छात्रवृत्ति उपलब्ध गराएको छ। त्यसैगरी हेराल्ड कलेजमा अन्तर्राष्ट्रिय एमबिए अध्ययन गर्न समेत छात्रवृत्तिको व्यवस्था गरेको बताइएको छ।
दीक्षान्त समारोहमा बोल्दै कलेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश श्रेष्ठले नेपालमा उत्कृष्ठ र गुणस्तरीय शिक्षा प्रदान गर्न सफल हेराल्ड कलेज काठमाडौंले यस कलेजमा अध्ययन गर्ने विद्यार्थीले भविष्यमा सजिलै रोजगारी हासिल गर्न सक्ने बताए।
कार्यक्रमका प्रमुख अतिथि विश्वविद्यालयका प्रो भाइस चान्सलर टिम स्टिलले नेपालमा उत्कृष्ट शिक्षा लिन सफल हेराल्ड कलेज काठमाडौंका सम्पूर्ण टिमलाई धन्यवाद दिए।
'म यो गौरब गर्न चाहन्छु कि विश्वविद्यालयको सोच अनुसार कलेजले शिक्षा दिन सकेको छ, दीक्षित विद्यार्थीलाई प्रमाणपत्र दिन पाएकोमा खुसी लागेको छ' प्रो भाइस चान्सलर टिमले भने।
दीक्षित हुने विद्यार्थीलाई बधाई दिँदै उनले भविष्यमा देशको लागि उल्लेखनीय काम गर्न हौसला दिए।
विदेशका कुनैपनि कलेजलाई सम्बन्धन दिँदा कलेजको बारेमा अध्ययन गरेर मात्र दिने उनको भनाइ थियो।
यस विश्वविद्यालयको सम्बन्धन प्राप्त कलेजबाट उत्तीर्ण विद्यार्थी मध्ये ९६ प्रतिशतले रोजगारी हासिल गरेका छन्।
सन् २०१६ को सेप्टेम्बरबाट कक्षा सुरू गरेको हेराल्ड कलेज काठमाडौं नेपालमा विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमध्ये उत्कृष्ट मानिन्छ। उल्भरहेम्टन विश्वविद्यालयले विराटनगर इन्टरनेशनल कलेजलाई समेत सम्बन्धन दिएको छ।