नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले बिहीबार माइतीघर मण्डलामा आयोजना गरेको विरोध कार्यक्रममा नेपाल समुद्रपार निकासी पैठारी संघलेसमेत सक्रिय सहभागिता जनाएर समर्थन गरेको छ।
विरोध कार्यक्रममा संघका अध्यक्ष विनोदकुमार सेठिया, महासचिव अनिलकुमार अग्रवाल, सचिव गौरव शारडा, कोषाध्यक्ष प्रभातकुमार सर्राफलगायत कार्यसमितिका सदस्यहरू सहभागी गरेका थिए।
नाडामा आबद्ध अटो व्यवसायीले माइतीघर मण्डलामा धर्ना दिएर आयातका लागि प्रतीतपत्र (एलसी) खोल्दा राख्नुपर्ने ५० प्रतिशतदेखि १०० प्रतिशतसम्मको नगद मार्जिन हटाउनुपर्ने र पुरानै मार्जिन प्रतिशतको व्यवस्था यथावत राख्नुपर्ने, बैंक ब्याजदर र अटो कर्जा जोखिम भार घटाउनुपर्ने, कर्जाको पुनर्तालिकीकरण तथा ब्याजदरमा विशेष सहुलियतको व्यवस्था गरिनुपर्ने लगायतका माग राखेका थिए।