कमलपोखरीस्थित इस्लिङ्टन कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ।
समारोहमा स्नातक तह अन्तर्गतका बिएससी कम्प्युटिङ, बिएससी कम्प्युटर नेटवर्किङ एण्ड आइटी सेक्युरिटी, बिजनेस एडमिनिष्ट्रेसन र मल्टिमिडीया टेक्नोलोजिका ८५७ जना विद्यार्थी सहभागी भएका बताइएको छ।
दीक्षान्त समारोहमा स्नातकोत्तर तह अन्तर्गत एमएससी आइटी एण्ड एप्लाइड सेक्युरिटी विषयका ७२ जना विद्यार्थी दीक्षित भएका छन्।
समारोहमा बिजनेस विषयमा स्नातक तह गर्ने ९४ र आइटी तह पूरा गर्ने ८३५ विद्यार्थी गरी जम्मा ९२९ विद्यार्थी दीक्षित भएका छन्।
कलेजले शनिबार र आइतबार दीक्षान्त समारोह आयोजना गरेको हो।
समारोहमा विद्यार्थीका अभिभावकहरूको उल्लासमय उपस्थिति रहेको थियो।
बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेज इनोभेट नेपाल ग्रुपद्वारा सञ्चालित छ।
दीक्षान्त समारोहमा विश्वविद्यालयका उप–कुलपति (एकेडेमिक) प्रोफेसर जुली हलले विद्यार्थीलाई दीक्षान्तको प्रमाणपत्र प्रदान गरेका थिए।
सो अवसरमा बोल्दै उनले विश्वभर सम्बन्धन प्राप्त कलेजमध्ये इस्लिङ्टन कलेज उत्कृष्ट भएको बताए।
उनले भने 'यो महत्वपूर्ण अवसरमा सबै विद्यार्थीको सुखद भविश्यको शुभकामना दिन चाहन्छु।'
दLक्षान्त समारोहमा बोल्दै आइएनजीका संस्थापक अध्यक्ष शुलभ बुढाथोकीले लन्डन विश्वविद्यालयाको हाई र्याङकिङमा परेको यस कलेजमा उत्तिर्ण विद्यार्थीले नेपाल र विश्वका विभिन्न मुलुकमा उत्कृष्ठ स्थान हासिल गर्न सफल भएको बताए।