इटहरीस्थित इटहरी इन्टरनेसनल कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ।
कलेजले सन् २०२२ मा पास भएका विद्यार्थीलाई दीक्षित गरेको हो।
समारोहमा स्नातक तह अन्तर्गत विशेषज्ञताहरू बिएससी (अर्नस) कम्पुटिङ र बिए (अनर्स) बिजनेस प्रशासनका २२७ जना विद्यार्थी सहभागी भएका थिए।
कलेजले बिहीबार दीक्षान्त समारोह आयोजना गरेको हो। समारोहमा विद्यार्थीका अभिभावकहरूको उपस्थिति रहेको थियो।
समारोहमा बिए (अनर्स) बिजनेस प्रशासनका विषयमा स्नातक तह गर्ने १३ जना र बिएससी (अर्नस) कम्पुटिङ तह पूरा गर्ने २१४ जना विद्यार्थी गरी जम्मा २२७ विद्यार्थी दीक्षित भएका हुन्।
दीक्षान्त समारोहमा सबै विद्यार्थीका लागि माइलस्टोन साबित भएको छ।
वार्षिक कार्यक्रम अनुसार दीक्षान्त समारोहमा आयोजना गरेको कलेजले जनाएको छ। सो कलेजबाट दीक्षित उत्कृष्ट विद्यार्थीलाई इनोभेट नेपाल ग्रुपले छात्रवृत्ति समेत उपलब्ध गराएको छ। .
बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेज इनोभेट नेपाल ग्रुपद्वारा सञ्चालित छ।
दीक्षान्त समारोहमा विश्व विद्यालयका हेड अफ एकेडेमिक पार्टनरसिप डा. वेन्डी ब्लोइसीले विद्यार्थीलाई दीक्षान्तको प्रमाणपत्र प्रदान गरेका थिए।
सो अवसरमा बोल्दै उनले भने 'तपाईंहरूले जस्तो सोच राख्नु हुन्छ, आउने दिनहरू त्यस्तै पाउनुहुनेछ।' यसलाइ निरन्तर दिँदै उनले भने, 'ज्ञानले जीवनमा ठूलो प्रभाव पार्छ त्यसै गरी सकारात्मक सोचले हाम्रो जिवनमा राम्रो परिवर्तन ल्याउछ।'
दीक्षान्त समारोहमा बोल्दै आइएनजीका संस्थापक अध्यक्ष शुलभ बुढाथोकीले भने 'आजको युगमा वैदेशिक शिक्षा लोकप्रिय बन्दै गएको छ, त्यसैले हजुरहरू विदेशिए पनि आफ्नो शिक्षा पूरा गरेर आफ्नै देश र्फिर्कनु होस् र देशको विकासमा योगदान पुर्याउनु होस्।'