इन्फर्मेटिक्स कलेज पोखराको दीक्षान्त समारोह सम्पन्न भएको छ।
वार्षिक कार्यक्रम अनुसार दीक्षान्त समारोह आयोजना गरेको कलेजले जनाएको छ।
समारोहमा स्नातक तह अन्तर्गत विशेषज्ञताहरू बिएससी (अर्नस) कम्प्युटिङ र बिए (अनर्स) बिजनेस प्रशासन गरेर जम्मा १८१ विद्यार्थी सहभागी भएका थिए।
कलेजले आइतबार दीक्षान्त समारोह आयोजना गरेको थियो। समारोहमा विद्यार्थीका अभिभावकहरूको पनि उपस्थिति रहेको थियो।
समारोहमा बिए (अनर्स) बिजनेस प्रशासनका विषयमा स्नातक तह गर्ने १३ जना र बिएससी (अर्नस) कम्प्युटिङ तह पूरा गर्ने १६८ जना विद्यार्थी गरी जम्मा १८१ जना विद्यार्थी दीक्षित भएका थिए ।
बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेज इनोभेट नेपाल ग्रुपद्वारा सञ्चालित छ।
दीक्षान्त समारोहमा विश्वविद्यालयका हेड अफ एकेडेमिक पार्टनरशिप डा.वेन्डी ब्लोइसीले विद्यार्थीलाई दिक्षान्तको प्रमाणपत्र प्रदान गरेका थिए।
सो अवसरमा बोल्दै उनले भने 'तपाईंहरूले जस्तो सोच राख्नु हुन्छ, आउने दिनहरू त्यस्तै पाउनुहुनेछ।'
दीक्षान्त समारोहमा बोल्दै आइएनजीका संस्थापक अध्यक्ष शुलभ बुढाथोकीले यहाँ अध्ययनरत विद्यार्थीले नेपालको सरकारी निकाय, उत्कृष्ट व्यापारिक प्रतिष्ठानमाहरूमा रोजगार पाइरहेको बताए।
उनले बेलायती विश्वविद्यालयको डिग्री विश्वकै उत्कृष्ट रहेको दाबी गर्दै यहाँ पढ्ने विद्यार्थीहरू सूचना प्रविधि क्षेत्रमा अग्र स्थानमा रहेको धारणा राखे।
अध्यक्ष बुढाथाकीले नेपालमा बेलायती शिक्षाले गर्दा विद्यार्र्थीमा स्वअध्ययन बढेको धारणा समेत व्यक्त गरे।
यसका साथै, उनले दीक्षित विद्यार्थीहरूको उज्वल भविष्यको शुभकामना समेत दिए।