बेलायतको किल् विश्वविद्यालयसँगको साझेदारीमा 'द ब्रिटिस कलेज'ले ‘एमएससी एड्भान्स कम्प्युटर साइन्स’ प्रोग्राम सार्वजनिक गर्ने भएको छ।
यो प्रोग्राम 'द ब्रिटिस कलेज'को सहायक संस्था 'द ब्रिटिस इन्टरनेशनल कलेज'द्वारा सञ्चालन गराइने कलेजले बताएको छ।
यो कोर्सका लागि आवेदन दिने पहिलो ३० आवेदकहरूलाई छात्रवृत्ति पनि उपलब्ध गराइने कलेजले जनाएको छ।
किल् विश्वविद्यालयको यो कोर्स निकै एडभान्स तरिकाले डिजाइन गरिएकाले विद्यार्थीहरूका लागि निकै फलदायी हुने कलेजले जनाएको छ।
यो कोर्सले विद्यार्थीहरूलाई कम्प्युटर साइन्सको विभिन्न क्षेत्र (प्रोग्रामिङ ल्याङग्वेयज, अल्गोरिदम्स, डेटा साइन्स, कम्प्युटर आर्किटेक्चर, र सफ्टोयर इन्जिनियरिङ) लाई समेट्ने कलेजले जनाएको छ।
किल् विश्वविद्यालयले युकेमा अध्ययनरत विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै आइरहेको छ।
७० वर्षदेखि विश्वभर यस विश्वविद्यालयको धेरै संस्थाहरूसँग पार्टनरसिप रहेको छ।
स्टुडेन्ट क्राउड अवार्डस् २०२२ मा यो विश्वविद्यालयलाई प्रथम स्थानमा राखिएको थियो।
यस संस्थामा अध्ययनरत विद्यार्थीहरूले इन्टर्नसिप र व्यवहारिक अनुभव प्राप्त गर्न सक्ने कलेजले जनाएको छ।
ब्रिटिस कलेजका सिइओ राजन कँडेलले भने, 'उक्त विश्वविद्यालयसँग पार्टनरशिप गर्न पाउँदा हामी उत्साहित छौँ। नयाँ शैक्षिक कार्यक्रमहरूले विद्यार्थीहरूको ज्ञान र सिपको विकास गर्ने कुरामाहामी प्रष्ट छौँ। यसले समाजलाई ‘डिजिल ट्रान्सफमेसन' गर्न सहयोग गर्नेछ।'
यो डिग्री हासिल गर्न चाहने विद्यार्थीहरूलाई छात्रवृत्तिको सुविधा समेत रहेको कलेजको भनाइ छ।
यो कोर्समा भर्ना हुने पहिलो ३० जनाविद्यार्थीहरुलाई ट्युसनफिमा ५० प्रतिशत छात्रवृत्ति उपलब्ध हुनेछ। यो अफर आगामी जनवरी महिनासम्म मात्र हुने कलेजले जनाएको छ।