सलाम एयरलाइन्सले नेपालस्थित आफ्ना टिकट बिक्री गर्ने ट्राभल्स एजेन्सीहरूलाई सम्मान गरेको छ ।
सन् २०२२ भित्र टिकट बिक्री गर्ने उत्कृष्ट १० ट्राभल्स एजेन्टहरूलाई कम्पनीले सम्मान गरेको हो।
सन् २०१८ देखि नियमित उडान गरिरहेको सलामले हाल विभिन्न ३५ वटा गन्तव्यमा नियमित तथा केही अन्य गन्तव्यमा सिजनल सेवा पुर्याउँदै आएको बताइएको छ।
नेपालमा छिट्टै दैनिक उडान गर्ने समेत कम्पनीले जनाएको छ।
हालै काठमाडौंस्थित एलफ्ट होटलमा आयोजित एक विशेष कार्यक्रमकाबीच सलाम एयरलाइन्सले नेपालमा क्रियाशिल ट्राभल्स एजेन्सीहरूलाई विभिन्न विधामा सम्मानित गरेकाे छ।
विभिन्न विधा अन्तर्गत टप रेभिन्यु पर्फर्मेन्स अवार्डबाट बेस्ट वे ट्राभल्स एन्ड टुर्स, एक्सल ट्राभल्स एन्ड टुर्स, हार्वेस्ट मुन ट्राभल्स एन्ड टुर्स, वोपन अवे ट्राभल्स एन्ड टुर्स, प्रयास ट्राभल्स एन्ड टुर्स, रस्बिता ट्राभल्स एन्ड टुर्स र सी लिन्क ट्राभल्स एन्ड टुर्स सम्मानित भएका छन्।
त्यस्तै, मस्ट इम्प्रुभ्ड रेभिन्यु कन्ट्रीब्यूटर अवार्डबाट मर्स्याङ्दी ट्राभल्स एन्ड टुर्स सम्मानित भएको छ।
त्यस्तै, हाइऐस्ट एन्सिलरी रेभिन्यु कन्ट्रीबयुटर अवार्ड जिओलोजी ट्राभल्स एन्ड टुर्स सम्मानित भएको छ। त्यसैगरी राइजिङ्ग स्टार अन्तर्गत मार्वलस ट्राभल्स एन्ड टुर्सलाई सम्मान गरेको छ।
सोही अवसरमा एयरलाइन्सले संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत काठमाडौंमा सञ्चालित मानसिक सन्तुलन गुमाएका सडक बालबालिका तथा नागरिकहरूको लागि काम गरिरहेको संस्था नेपाल स्नेही काख नेपाललाई खाध सामाग्री तथा लत्ता कपडा वितरण पनि गरेको थियो।
एयरलाइन्सको नेपालस्थित जिएसए आइएमई इन्टरनेशनल ट्राभल्सले आयोजना गरेको उक्त कार्यक्रम आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा सलामएयरका प्रतिनिधिहरूले बिजेता ट्राभल्सहरूलाई बधाई दिँदै आगामी दिनमा थप सहयोगको अपेक्षा रहेको बताए।
आइएमई इन्टरनेशनल ट्राभल्स आइएमई ग्रुपद्वारा सञ्चालित गु्रपको एक भगिनी संस्था हो।