द ब्रिटिस कलेज र युकेको उपकेयर हेल्थ लिमिटेडबीच सम्झौता भएको छ।
सम्झौता अनुसार अब उपकेयरले द ब्रिटिस कलेजमा अध्ययनरत विद्यार्थी र कार्यरत कर्मचारीहरूलाई प्राथमिक हेल्थकेयर उपलब्ध गराउनेछ।
बेलायतमा रहेको उपकेयरले दक्षिण एशियामा प्राथमिक स्वास्थ्य सेवालाई रूपान्तरण गर्न क्रान्तिकारी डिजिटल प्लेटफर्म प्रयोग गर्दै आइरहेको छ।
यो संस्था ब्रिटिस चिकित्सक र इन्जिनियरहरूले समतामूलक, पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि स्थापना गरेका हुन्।
उपकेयरले बिरामी–केन्द्रीत र व्यापक र आर्टिफिसियल इन्टेलिजेन्समार्फत सञ्चालित डिजिटल स्वास्थ्य प्लेटफर्मको विकास गरेको छ।
यो सम्झौता अनुसार द ब्रिटिस कलेजमा कार्यरत कर्मचारी र अध्ययनरत विद्यार्थीहरूको लागि उपलब्ध हुनेछ।
उनीहरूलाई प्राथमिक स्वास्थ्य सेवासम्बन्धी सुविधाहरू व्यवसायिक स्वाथ्यकर्मीबाट मिल्ने बताइएको छ।
यस प्लेटफर्मबारे जानकारी दिँदै प्रमुख चिकित्सा अधिकारी र उपकेयर हेल्थका सह–संस्थापक डा नाथले भने, 'दुर्भाग्य भन्नुपर्छ, नेपाल र अन्य दक्षिण एशियाली देशमा प्राथमिक स्वास्थ्य सेवालाई महत्वका साथ हेरिदैन। ९० प्रतिशत स्वास्थ्य समस्याहरू प्राथमिक स्वास्थ हेरचाहबाट नै समाधान गर्न सकिन्छ। आम मानिसहरूलाई कसरी स्वास्थ्य, सुखी जीवन बिताउन सकिन्छ त्यस कार्यमा हामी काम गर्दै आइरहेका छौँ।'
उपकेयर हेल्थकेयरकी सिइओ र सह–संस्थापक डा. सुमित्रा काफ्लेले भनिन्, 'ब्रिटिश कलेजसँग काम गर्न पाउँदा हामी निकै उत्साहित छौँ। पहिलो भेटमा नै विद्यार्थी र कर्मचारीहरूको समग्र स्वास्थ्य सेवालाई लिएर कलेज प्रतिवद्ध रहेको हामीले पायौँ। आमाबाबुका आफ्ना सन्तानका लागि दुईवटा कुराहरू राम्रो शिक्षा, राम्रो शारीरिक र मानसिक स्वास्थ्य महत्वपूर्ण ठान्छन्। अब ब्रिटिश कलेजले अभिभावकहरूलाई यो विश्वास दिलाउनेछ।'