ज्योति ग्रुप अफ कम्पनीका निर्देशक सौरभ ज्योतिको नयाँ गीत ‘मेरो देश’ सार्वजनिक हुने भएको छ।
पुस ८ गते (शुक्रबार) उनको गीत 'मेरो देश' बजारमा रिलिज हुने भएको हो।
एक व्यावसायिक व्यक्तित्व र ज्योति ग्रुप अफ कम्पनीका निर्देशकको रूपमा परिचित छन्। उनी संगीतमा पनि गहिरो रुचि राख्छन्।
यो गीतमार्फत उनले आफ्नो देश र ग्राहकहरू प्रति माया दर्शाउन खोजिरहेको बताइएको छ।
ज्योति ग्रुप थर्ड जेन बिजनेसले ५० वर्षभन्दा बढी समयदेखि राष्ट्रिय विकासका लागि काम गर्दै पहिलो स्टिल प्लान्ट, पहिलो अक्सिजन प्लान्ट र पहिलो तार प्लान्ट स्थापना गरी देशमा योगदान पुर्याइरहेको छ।
ज्योति ग्रुप उत्पादन, व्यापार, सेवा र लगानी क्षेत्रमा कार्यरत कम्पनी हो।