अमेरिकी वित्तीय संस्था इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (डिएफसी) ले जलविद्युत आयोजना सर्भेका लागि गोल्यान ग्रुपलाई आर्थिक सहयोग गर्ने भएको छ।
गोल्यान ग्रुपले कर्णालीमा निर्माण गर्न लागेको जलविद्युत आयोजनालाई डिएफसीले पाँच खर्ब रूपैयाँ सहयोग गर्ने भएको हो।
नाम्लाङ खोलामा एक सय ३५ मेगावाटको र मुगु खोलामा तीन सय ६ मेगावाटको आयोजना निर्माण गर्ने गरी अध्ययन अघि बढाउन लागिएको छ।
जलविद्युत आयोजना सर्भेका लागि निजी कम्पनीलाई पहिलो पटक अमेरिकी संस्थाले सहयोग गरेको गोल्यान समूहको भनाइ छ।