एसियन फोरमको आयोजनामा सञ्चालित ३ दिने निःशुल्क व्यावसायिक तरकारी खेतीसम्बन्धी तालिम सुरू भएको छ।
स्वदेश फिर्ता आप्रवासी श्रमिकहरूको दीगो पुनर्किरणका लागि कृषि कार्यक्रम अभियान अन्तर्गत एसिया मानव अधिकार तथा साँस्कृतिक विकास मञ्च (एसियन फोरम) को आयोजनमा तालिम सुरू भएको हो।
सलोम एग्रिकल्चर प्रालिको कार्यालय बालाजुमा सुरू भएको तालिममा ४५ जना प्रशिक्षार्थी सहभागी छन्।
कृषि क्षेत्रका विज्ञहरूले तालिम दिने एसियन फोरमका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए।
एसियन फोरमले विगत १८ वर्षदेखि विदेशबाट फर्किएर नेपालमै केही गर्न चाहनेहरूको पक्षमा काम गर्दै आएको छ।