उपायले नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फन्डबाट ६ करोड रुपैयाँको लगानी पाउन सफल भएको छ।
ग्लोबल इक्विटी फन्ड, प्राइम लाइफ इन्स्योरेन्स र हिमालयन एभरेस्ट इन्स्योरेन्सद्वारा संयुक्त रूपमा प्रवर्द्धित नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फन्ड एक प्राइभेट इक्विटी फन्ड हो।
उपाय २०१८ मा स्थापना भएको एक लजिस्टिक्स कम्पनी हो जसले २०२१ मा डोल्मा इम्प्याक्ट फन्डबाट १८ करोड रुपैयाँको लगानी प्राप्त गरेको थियो।
सो लगानी उपाय कम्पनीको विस्तार साथै देशभर लजिस्टिक्स स्थापना गर्न प्रयोग हुँदै आएको कम्पनीको भनाइ छ।
सोही अनुरुप उपायले देशभर बजार एकीकरण, सञ्चालन र इन्ड टु इन्ड डलिलभरी सञ्चालन गरी लजिस्टिक्सका सबै पक्षहरूलाई एकीकृत गर्दै आएको कम्पनीले बताएको छ।
उपायका प्रबन्ध निर्देशक सुमन रायमाझी नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फन्डबाटबाट प्राप्त लगानी उपाय २.० को व्यवसाय विस्तार र वृद्धिमा प्रयोग गरिने र यसले कम्पनीलाई नाफाको बाटोमा दोहोर्याउन सफल हुनेमा विस्वस्त छन्।
उपाय २.० विशेष रूपमा पूर्वाधार संरचना र प्रविधि विकासमा लक्षित रहने उनको भनाइ छ।
'आफ्ना चालक/सवारी साझेदार, फ्रेञ्चाइज साझेदार, व्यापारीक साझेदार र गठबन्धन साझेदारलाई समावेश गरी नेपालको सम्पूर्ण ढुवानी क्षेत्रको उत्थान र विकासमा यो योजना कोशेढुंगा हुनेछ' उनले भने।
उपाय २.० को सफल समापनका लागि उपयाको सिरिज बी क्लोजिङ लक्ष्य ४० करोड रुपैयाँ रहेको छ। कम्पनीले सन् २०२३ को अन्त्यसम्ममा आफ्नो फन्डिङ लक्ष्य हासिल गर्ने अपेक्षा गरेको बताइएको छ।