युवा व्यवसायी तथा उद्यमी सञ्जय अग्रवाल सिइओ इनसाइट एशियाद्वारा सम्मानित भएका छन्।
अग्रवाल 'दक्षिण एशियाका उत्कृष्ट १० बीजनेस लीडर्स–२०२२' मध्ये एकको रूपमा सम्मानित भएका हुन्।
यो अवार्डले दक्षिण एशियाली राष्ट्रहरूमा कर्पोरेट क्षेत्रलाई भविष्यमा बहुआयामिक दिशातर्फ डोर्याउने उत्कृष्ट व्यवसायी र विचारशील लीडर्सहरूलाई सम्मान गर्दै आइरहेको छ।
अग्रवालले कलर्स, स्पाइस, एचटीसी, ब्ल्याकबेरी, जिओनी र शाओमी लगायत नेपालमा धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय मोबाइल कम्पनीहरूको निर्माणमा महत्वपूर्ण भूमिका खेलेका बताइएको छ।
हाल उनी रमेश कर्पोरेशनका कार्यकारी निर्देशक छन् र विभिन्न मोबाइल ब्रान्डहरू सफलतापूर्वक सुरू गर्दै यसको सम्पूर्ण मोबाइल क्षेत्रको विकासका लागि राष्ट्रिय स्तरका नीतिहरू बनाउने मोबाइल फोन आयातकर्ता संघ नीति निर्धारण गर्ने निकायको उपाध्यक्षमा पनि नियुक्त छन्।
यो अवार्डले अग्रवालको विशिष्ट नेतृत्वदायी भूमिका र नेपालका विभिन्न उद्योगहरू, विशेषगरी मोबाइल, कन्ज्युमर ड्युरेबल र प्रविधिमा उल्लेखनीय योगदानको सम्मान गर्ने बताइएको छ।
अग्रवालको उपलब्धी र सम्मानले उद्योगमा युवा उद्यमी र व्यवसायीहरूका लागि प्रेरणाको रूपमा काम गर्दछ साथै यस क्षेत्रमा उनको अनुभव र विशेषज्ञताले नेपाल र अन्य दक्षिण एशियाली देशहरूमा मोबाइल र कन्ज्युमर ड्युरेबल क्षेत्रको विकासको लागि मार्गदर्शक हुने जनाइएको छ।