द ब्रिटिस कलेज अन्तर्गतको ब्रिटिस प्रोफेसनल कलेज (बिपिसी)मा अध्ययनरत रिया मानन्धर तेस्रो पटक विश्वकै दोस्रो सर्वोत्कृष्ट छात्रा बन्न सफल भएकी छन्।
कलेजको एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स (एसिसिए) कार्यक्रममा अध्ययनरत रियाले 'फाइनालसियल म्यानेजमेन्ट' विषयमा ९८ प्रतिशत अंक ल्याएर वल्र्ड टप गरेकी हुन्।
२० वर्षीय मानन्धरले गएको वर्ष मार्चमा भएको एसिसिए अन्तर्गतको पर्फमेन्स म्यानेजमेन्ट परीक्षामा ९१ प्रतिशत प्राप्त गरी विश्वकै सर्वोत्कृष्ट बनेकी थिइन्।
त्यस्तै सन्२०२१ को मा ट्याक्सेसन पेपरमा उनले ९८ प्रतिशत ल्याउँदै विश्व टप गरेकी थिइन्।
यस वर्ष पनि उनले 'फाइनालसियल म्यानेजमेन्ट' विषयमा ९८ प्रतिशत ल्याएकी हुन्।
एसिसिए कार्यक्रम विश्वको सबैभन्दा ठूलो र छिटो बढिरहेको अन्तर्राष्ट्रिय लेखा निकाय हो।