नेपालको सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्स र मर्कन्टाइल अफिस सिस्टम्स बीच रणनीतिक सहकार्य भएको छ।
बैंक तथा वित्तीय संस्थाहरूलाई गुणस्तरीय र भरपर्दो सेवा प्रदान गर्न रणनीतिक सहकार्य गरिएको बताइएको छ।
सहकार्यसँगै अब मर्कन्टाइलको पुमोरी (पुमोरी शाखा) सफ्टवेयर इन्फोडेभलपर्ससँग मर्ज भएको छ।
मर्ज भएसँगै इन्फोडेभलपर्स एमओएस प्रालि नामक नयाँ कम्पनीबाट पुमोरी सफ्टवेयरको व्यवस्थापन तथा सेवा प्रदान हुनेछ।
रणनीतिक साझेदारी पछि सहकारीदेखि लघुवित्त र बैंकहरूको डिजिटल इकोसिस्टम विकासमा सहयोग गर्ने इन्फोडेभलपर्स एमओएसले विश्वास लिएको छ।
डिजिटल जगतलाई सुहाउँदो नयाँ र भरपर्दो प्रणालीको विकास गर्ने लक्ष्य इन्फोडेभलपर्स एमओएसले राखेको छ।
इन्फोडेभलपर्स एमओएसले दुबै कम्पनीको राम्रो पक्षलाई प्रयोग गरी चाँडै नयाँ प्रडक्ट तथा फिचरहरू ल्याउने तयारी गरेको बताएको छ।
नयाँ कम्पनी इन्फोडेभलपर्स एमओएस प्रालिको अध्यक्षमा सञ्जिब राजभण्डारी नियुक्त भएका छन् भने सिइओमा उमेश रघुवंशी र सह सिइओमा सुरेन्द्र बज्राचार्य नियुक्त भएका छन्।
नेपालको आइटी तथा बैंकिङ क्षेत्रका लागि नयाँ आयाम सुरू गर्न पाउँदा अत्यन्तै हर्षित भएको कम्पनीले बताएको छ।
परिवर्तन चुनौतीपूर्ण भएपनि ग्राहक तथा साझेदारहरूलाई सहज बनाउने कम्पनीले प्रतिवद्धता जनाएको छ।