भोकमरीको अवस्थामा नेपालको सूचकमा सुधार देखिदै गएको छ। सन् २०१४ मा नेपालको यस्तो सूचक २१.२ रहेकोमा सन् २०२२ मा यो १९.१ मा सीमित भएको छ।
नेपालले यो सूचकमा पाएको १९.१ ले अवस्था मध्यम रहेको संकेत गर्छ भने २० देखि माथिलाई गम्भिर अवस्थाको रुपमा विश्लेषण गरिएको छ।
कन्सर्न वल्र्डवाइड र वेल्ट हंगर हाइलाइफले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालमा भोकमरीको अवस्थामा सुधार आएको हो।
बाल मृत्युदर, कुपोषण लगायतको आधारमा यस्तो विश्लेषण गरिन्छ। विश्वका एक सय २१ मुलुकमा रहेको भोकभरीको आधारमा गरिएको यो अध्इयनमा नेपालको स्थान ८१ औं स्थानको अग्रभागमा छ।
दक्षिण एशियाका भारत, बंगलादेश, पाकिस्तान र अफगानिस्तानभन्दा नेपालमा अवस्था सुधारोन्मूख रहेको प्रतिवेदनमा उल्लेख छ। भारतको यस्तो सूचक खस्किएसंगै थप पछाडी परेको हो। सन् २०१४ मा भारतको यस्तो सूचक २८.२ रहेकोमा सन् २०२२ मा यो सूचक २९.१ छ।
एक सय २१ मुलुकमध्ये भारत १०७ औं को स्थानमा छ। यस्तो सूचक १९.६ रहेको बंगलादेश ८४ औं स्थानमा, २६.१ मानको आधारमा पाकिस्तान ९९ औं स्थानमा र २९.९ मानको आधारमा अफगानिस्तान एक सय नवौं स्थानमा छ।