सेन्ट जेभियर्स कलेज सेट काउन्सिले माघ २१ गते साइकल र्यालीको आयोजना गर्ने भएको छ।
उक्त नवौं साइकल र्याली 'सृष्टिको लागि सवारी, नवप्रवर्तनको लागि सवारी' भन्ने नाराका साथ हुने भएको आयोजकले बताएको छ।
र्याली माइती घरबाट सुरू भई ललितपुरको लुभु हुँदै काठमाडौंका विभिन्न ठाँउ पुगेर पुनः माइतीघरमा रहेको कलेजमा आएर सम्पन्न हुनेछ।
यस वर्ष सेट काउन्सिलले महावीर पुनले २०१२ मा स्थापना गरेको एनजिओ नेशनल इनोभेसन सेन्टर (एनआइसी) सँग सहकार्य गरेको छ।
कार्यक्रमको मुख्य उद्देश्य नेपालमा भएको प्राविधिक विकासमा सक्रिय रूपमा संलग्न युवाहरूलाई उनीहरूप्रति आकर्षण बढाएर सहयोग गर्नु रहेको बताइएको छ।
र्यालीले साइकल चलाउने संस्कृतिको प्रवर्द्धन गर्दै स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न र कोभिड–१९ को प्रभावपछि जनतामा सामान्यताको अनुभूति ल्याउन पनि मद्दत गर्ने कलेजको भनाइ छ।
यस वर्ष र्यालीका लागि अपेक्षित सहभागीहरू ५००–६०० सम्म छन्।