नेपाल चेम्बर अफ कमर्सले भूकम्प पीडित टर्कीका नागरिकलाई राहत सामाग्री सहयोग गरेको छ।
टर्कीमा गएको महा भुकम्पका कारण प्रभावित भएका नागरिकहरूका लागि मानवीय सहायता स्वरुप चेम्बरले अक्सिजन कन्सन्ट्रेट र पस्मिनाका सामाग्रीहरू सहयोग गरेको हो।
टर्कीका प्रभावित नागरिकका लागि पाँच सय थान पस्मिनाका वस्तु र अक्सिजन कन्सन्ट्रेट सहयोग गरिएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए।
नेपालमा २०७२ सालको विनासकारी भूकम्प जाँदा टर्कीले पनि राहत सामाग्री उपलब्ध गराएको स्मरण गर्दै अध्यक्ष मल्लले प्राकृतिक विपदमा एक अर्का देशका नागरिकलाई मानवीय दृष्टिकोणले सहयोग गर्नुपर्ने बताए।
चेम्बरले गृह मन्त्रालयमार्फत सहयोग सामाग्री हस्तान्तरण गरेको हो।
परराष्ट्र मन्त्रालय र अन्य सरोकारवाला निकायबीच समन्वय गरेर आवश्यक्ता अनुसार नेपालीहरूलाई उद्धार गर्न समेत चेम्बरले आग्रह गरेको छ।
चेम्बरले यसअघी अफगानस्तानमा पनि मानवीय सहायता अन्र्तगत आर्थिक सहयोग गरेको थियो।
परराष्ट्रमन्त्रालयको समन्वयमा चेम्बर अध्यक्ष मल्ल सहितको टोलीले अफगानस्तानमा नै पुगेर सहयोग सामाग्री हस्तान्तरण गरेको थियो।