मित्रराष्ट्र टर्कीमा हालै गएको विनासकारी भुकम्पबाट प्रभावित जनताहरूको सहयोगका लागि नेपाल उद्योग वाणिज्य महासंघकातर्फबाट विभिन्न सहयोग सामग्री हस्तान्तरण गरिएको छ ।
प्रभावित क्षेत्रमा पठाउने कार्यका लागि महासंघकातर्फबाट गृह मन्त्रालय/राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको त्रिभुवन विमानस्थलस्थित मानवीय सहायता स्थललाई सहायता सामग्री हस्तान्तरण गरिएको हो।
महासंघबाट पठाइएको सहयोग सामग्रीमा ज्याकेट, ट्राउजर, स्लिपिङ ब्याग, सेनेटरी प्याड, डाइपर, मेडिकल ग्लव्स, व्याण्डेज, अक्सिजन मास्क, क्यानुला, स्कीन सेटप्लर र आइभी सेट आदि रहेका छन्।
सहायता सामग्रीका लागि महासंघको सदस्य रसायन तथा मेडिकल आपूर्ति संघ, नेपालको समेत सहयोग रहेको छ।
महासंघले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्राकृतिक विपत्तिमा परेका जनताको लागि अग्रभागमा रहेर मानवीय सहायता गर्दै आएको छ।