राष्ट्रिय शैक्षिक परामर्श संघको चौथो वार्षिक साधारण सभा काठमाडौंको लाजिम्पाटमा सम्पन्न भएको छ।
साधारण सभा मार्फत वार्षिक प्रगति प्रतिवेदन, वार्षिक आर्थिक प्रतिवेदन र आगामी कार्य योजना बहुमतले पारित गर्दै नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
कार्य समितिको अध्यक्ष सन्तोष प्याकुरेल, उपाध्यक्षहरू भुपेन्द्र सिटौला र रमण कोइराला, महासचिव दिपक कोइराला, सचिवहरू प्रधुम्न बोगटी र सुभेन्द्र थापा, कोषाध्यक्षमा रबिन्द्र थापा र सदस्यहरूमा सूर्य पोख्रेल, प्रतिक्षा श्रेष्ठ, त्रिलोचन
अधिकारी, कमला बस्नेत, ध्रुब थापा, केशब सिम्खडा र अशोक भण्डारी रहेका छन्।
कार्यक्रमको प्रमुख अथिति नेपालको लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्क, अथितिहरूमा नेपाल अभिभावक महांसंघका अध्यक्ष सुप्रभात भण्डारी, ब्रिटिस काउन्सिलका प्रतिनिधि, आइडिपी आइइएलटी यसका प्रतिनिधि लगायत विभिन्न शैक्षिक परामर्श संघका प्रतिनिधिहरू रहेका थिए।
उक्त कार्यक्रममा अस्ट्रेलियन कलेजहरू जब ट्रेनिब इन टिच्युट, कि टु लर्निब कलेज, किबस्टन इन टिच्युट अस्ट्रेलिया, ब्लु लोटस कलेज, ए ए बि टि कलेज, एस सि सि यम कलेज, सि आइ एम कलेज, स्टिडि ग्रुप, एस ए बिटी कलेज, म्याक्यालन कलेज, भि आइ इ कलेज लगायतका प्रतिनिधिहरूको गरिमामय उपस्थिति रहेको थियो।
एडभेन्टास, एजेन्टिक्स, सिच्यूवान एयर लाइन्स आदि संस्थाका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।
राष्ट्रिय शैक्षिक परामर्श संघ शैक्षिक परामर्श संस्थाहरूको अग्रस्थानमा रहेको छाता संगठन हो।
जसले विदेशमा अध्ययन गर्न जाने विधार्थीहरूको लागि नीति नियममा बसेर उचित परामर्श दिँदै समाजमा देखिएका विकृती र विसंगती विरुद्घमा आवाज उठाउँदै आइरहेको छ।
नेकाले सामाजिक दायित्व अन्तर्गत विपत्तिमा परेकाहरूलाई सहयोग गर्ने, विदेशमा अध्ययनमा गएका विधार्थीहरूलाई अप्ठ्यारो परिस्थितिमा सहयोग तथा सहजिकरण गर्ने, विधार्थी तथा अभिभावकहरूसँग वेदेशिक अध्ययन सम्बन्धी अन्तक्रिया गर्ने लगायत आफ्ना सदस्य संस्थाहरूलाई तालिम दिने, अन्तक्रिया गर्ने, वैदेशिक कलेजहरू तथा त्यसका प्रतिनिधिहरूको विकृति विरूद्ध ससक्त रूपमा आवाज उठाउने कार्यलाई निरन्तरता दिँदै आएको छ।
स्थापनाको छोटो समयमानै धेरै शैक्षिक परामर्श व्यवसायीहरू नेकामा आवद्ध भइसकेका छन्।