चीन सरकारको सहयोगमा विस्तार हुन लागेको चक्रपथको दोस्रो खण्ड कलंकी-महाराजगञ्ज सम्बन्धित निकायले भोलि बिहान स्थलगत निरीक्षण गर्ने भएका छन्।
निर्माण सुरु हुनुअघि निर्माण प्रक्रियाका प्राथमिकताबारे जानकारी लिन स्थलगत निरीक्षण हुनलागेको भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ।
निरीक्षणका लागि बिहान नौ बजे नै कलंकीको मकालु पेट्रोल पम्प अगाडि भेला हुने जानकारी गराइएको छ।
उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ तथा नेपालका लागि चिनियाँ राजद्रूत लगायत सम्बन्धित निकायका प्रतिनिधि र निर्माण सम्बद्ध प्राविधिकहरूले स्थलगत निरीक्षण गर्ने कार्यक्रम छ।