हेराल्ड डेभकर्पस् यु.आइ भिजुअल समुदाय र विद्यार्थी नेतृत्वको समुदायले सफलतापूर्वक नन्स्टप २४ घन्टा, कोड ब्रिस्क ह्याकाथन २०२३ सम्पन्न गरेको छ।
कार्यक्रमको आयोजना ३४४७ मिटर उचाइमा रहेको कुरीे गाउँमा गरेको थियो।
ह्याकाथनमा १३ वटा कलेजहरूले सहभागीता जनाएका थिए। जसमध्ये तीन उत्कृष्ट टोलीहरू छनौट भएका थिए। जसमा उनीहरूले आफ्नो प्रोटोटाइपहरू कालिञ्चोकमा निर्माण गरेका थिए।
ह्याकाथनको मुख्य उद्देश्य शीर्ष तिन टोलीहरूलेसिर्जना गरिएको नँया प्रोटोटाइपहरू द्वारा कालिञ्चोकको पर्यटन र आतिथ्य क्षेत्रको विषयलाई एउटा स्तरमा पुर्याउनु रहेको बताइएको छ।
हेराल्ड कलेज काठमाडौंका प्रमुख कार्यकारी अध्क्षय प्रकाश श्रेष्ठले आयोजक टिम प्रति धन्यवाद ज्ञापन गर्दै भने, 'यस परियोजनामा समावेश भएका सम्पूण टिमको अटल प्रयास र समर्पणले अविश्वसनीय नतिजा ल्याएर प्रशंसाको हकदार बनेको छ। यस नतिजा विद्यार्थीहरुको प्रतिभाको परिणाम हो र म सबैमा गर्व गर्छु।'
हेराल्ड डेभकर्पस्की प्रमुख सुजाता थापाले पनि आयोजक समिति र तिन शीर्ष टिमको प्रशंसा गर्दै भनिन्, 'हाम्रो उपस्थित कलेज समुदायमा सबैको प्रयास प्रतिबिम्बित छ र म त्यसमा गर्व गर्छु।' त्यसैगरी उनले प्रंशसा गर्दै विद्यार्थीहरूको प्रभावशाली र प्रतिभाशाली विचारहरू प्रति चकित भएको बताइन्।
यस प्रतियोगीताको विजयी विरिन्ची कलेज–टिम एभरेष्ट बन्न सफल भएको थियो।
विजयी टिमको परियोजना ‘टाइडी टाउन’ रहेको छ, जस्को उद्देश्य सेन्सरहरूको प्रयोगले फोहोर व्यवस्थापन समस्याहरू समाधान गर्ने र फोहोर डिस्पोजलकोव्यावहारिक तरिका प्रदान गर्नु हो।
यसका साथै, हेराल्ड कलेज काठमाडौंले विजयी टिम, विरिन्ची कलेज–टिम एभरेष्टलाई जितको साथै अन्य सहभागी टिमलाई सहभागिताको लागि बधाइ दिएको थियो।