उपप्रधान एवं भौतिक, पूर्वाधार तथा यातायातमन्त्री नारायण काजी श्रेष्ठले उच्चस्तरीय समन्वय समितिको बैठक तथा छलफलपछि सकडको अवस्थामा सकारात्मक परिणाम देखिन थालेको बताएका छन्।
बिहीबार मन्त्रालयमा सम्बन्धित सरोकारवालाहरूसँग छलफल गर्दै उनले छलफलपछि काठमाडौंका सडकमा देखिएको समस्या केही कम भएको बताए।
मन्त्रालयले नेपाल विद्युत प्राधिकरण, स्थानीय निकाय, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, परियोजना कार्यान्वयन निर्देशनालय लगाय विभिन्न आठ सरकारी निकायसहित उच्चस्तरीय बैठक बस्दै आएको थियो। अब ९ निकाय रहने उल्लेख छ। समन्वय समितिमा ढल व्यवस्थापन शाखाका प्रतिनिधि पनि रहनेछन्।
यो बैठक प्रत्येक १५/१५ दिनमा बस्ने गरेको थियो। अब भने प्रत्येक महिनाको शुक्रबार बस्ने मन्त्री श्रेष्ठले बताए।
आजको बैठकले पिआइडी का चेम्बरको लेबल बारे सडक विभागसँग एकीकृत भई एक महिना भित्र समस्याका सामाधान खोज्नुपर्ने निर्णय गरेको छ।
नेपाल विद्युत प्राधिकरण र पिआइडी ले दुवैतर्फ खनेको क्षतिग्रस्त सडक मर्मत गर्दा आधा आधा रकम बेहोर्नुपर्ने उल्लेख छ। प्राधिकरणले १० दिन भित्र सडक पुर्नस्थापना गर्नुपर्ने उल्लेख छ।