सरकारले तामाकोशीमा पानीजहाज चलाउन अध्ययन गर्ने भएको छ।
तामाकोशीमा पानीजहाज सञ्चालनका लागि अध्ययनको प्रकृयामा रहेको पानीजहाज कार्यालयका सूचना अधिकारी राजन प्रधानले जानकारी दिए।
कति क्षमताको, कत्रो पानीजहाज चलाउने भन्ने विषयमा पनि अध्ययन हुने उनले बताए।
'कहिलेदेखि चलाउने भन्ने विषय पनि अध्ययनपछि नै टुंगो लाग्छ,' उनले भने।